रास्वपाको संगठन बिस्तार तथा शुभकामना आदान प्रदान कार्यक्रम

राजनीति राष्ट्रिय

Posted by Kapil_Upreti on 2023-10-14 07:31:14 | Last Updated by Kapil_Upreti on 2024-04-12 13:08:13

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 1926


रास्वपाको संगठन बिस्तार तथा शुभकामना आदान प्रदान कार्यक्रम

रास्वपाको संगठन बिस्तार तथा शुभकामना आदान प्रदान कार्यक्रम

काठमाण्डौ निर्वाचन क्षेत्र नं ३ को पूर्वी भाग कागेश्वरी मनोहरा नगरपालिका १,२ र ३ वडाहरुमा संगठन बिस्तार तथा शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८० कार्तिक ३ गते दिनको १ः३० बजे राष्ट्रिय स्वतन्त्र पार्टीले आलापोट फुयाल गाउँमा आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टी सभापति रवि लामिछाने रहनु हुने छ भने विशेष अतिथिको रुपमा प्रखर बक्त्ता तथा रास्वपाका केन्द्रिय नेता रमेश प्रसाई सहभागी हुने छन। उक्त कार्यक्रममा पार्टीका संसदिय दलका उपनेता माननिय विराज भक्त श्रेष्ठ , संसदिय दलका सचेतक माननिय निशा डाँगी केन्द्रिय युवा नेतृ  माननिय सविता गौतमको समेत सहभागिता रहने छ। रास्वपाका स्थानिय युवा नेता शौरभ बस्नेतका अनुशार क्षेत्रिय सभापति उज्जल सापकोटा ,केन्द्रिय सहकारी बिभाग सचिव गिरिराज ओझा , गत निर्वाचनका संधिय उम्मेद्वार दुर्गा बिक्रम थापा , केन्द्रिय बिभागका धन लामिछाने लगायत स्थानिय नेताले कार्यक्रमलाई सफल बनाउन समन्वय गरि रहनु भएको बौद्ध सञ्चारलाई जानकारी गराउनु भयो।


मुलधारका राजनितिक पार्टीहरुको अकर्मन्यता प्रति चर्को आलोचना गर्दै पछिल्लो समय नेपालको राजनितिमा उदाएको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी जसको नेतृत्व चर्चित संचारकर्मी रवि लामिछानेले गरिरहनु भएको छ भने देशै भरी युवाहरुको यो पार्टी प्रतिको आकर्षण बड्दो छ। छोटो समयमा देशै भरि संगठन विस्तार गर्न सफल यो पार्टीमा अन्य पार्टी मुलतः नेपाली कांग्रेस र एमाले परित्याग गर्दै नेता तथा कार्यक्रता प्रवेश गर्ने क्रम बड्दो छ। गत आमनिर्वाचनहरुमा नेपाली कांग्रेस र एमालेको बर्चश्व रहेको स्थानमा रास्वपाले वृहत कार्यक्रमको आयोजना गर्न लाग्नु अर्थपूर्ण रहेको राजनितिक विश्लेषकको धारणा छ । आगामी २०८४ सालको निर्वाचनलाई अर्जुन दृष्टि बनाई सम्पूर्ण शक्ति परिचालन गरि रहेको रास्वपाले मिसन ८४ भन्ने मुख्य नारा समेत बनाएको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

बौद्ध संचार प्रा. लि, गोकर्णेश्वर न. पा वडा नं ५, काठमाडौं

अध्यक्ष : कपिल मुनि उप्रेती

प्रधान सम्पादक : कपिल मुनि उप्रेती

+९७७-९८५१००१७२६ 

०१-४९१०९१५

kupreti123@gmail.com

kuprety123@yahoo.com

boudhasanchar@gmail.com