गगननगर बिकास समाजको १३ औ बार्षिक साधारण सभा सम्पन्न

समसामयिक राष्ट्रिय

Posted by Kapil_Upreti on 2023-09-23 12:15:28 | Last Updated by Kapil_Upreti on 2024-05-14 08:35:21

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 789


गगननगर बिकास समाजको १३ औ बार्षिक साधारण सभा सम्पन्न


गगननगर बिकास समाजको १३ बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौः लामो समय देखि समाज विकासको बिभिन्न क्षेत्रमा कृयाशिल गोकणेश्वर नगरपालिका वाड नं मा अवस्थित गगननगर बिकाश समाज यस भेगकै अग्रणी सामाजिक संस्थामा परिचित बागमति करिडर संग जोडिएको यस समाजले भौतिक पूर्वाधारको क्षेत्रमा फड्को मरिसकेको प्राडा जगदिशचन्द्र रेग्मी जस्ता प्रज्ञिक व्यक्तित्वको नेतृत्वमा स्थापना भएको समाजले सफल व्यावसयी उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोविन्द ढुङ्गेलको  समेत नेतृत्व पाइसकेको छ। बार्षिक साधारण सभाको अध्यक्षता यस क्षेत्रका स्थापित समाजसेवी शुवासराज गिरीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा काठमाण्डौ क्षेत्र नं का सधिय साम्सद सन्तोस चालिसेले गर्नु भएको थियो। १३ बार्षिक साधारण सभाले पुनः शुवाशराज गिरीको अध्यक्षतामा नयाँ कार्य समिति गढ्न गरेको छ।


                                  

विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी प्रदेश सांसद छिरिङ्दोर्जे लामाले आफू बचन द्वारा बादिने स्वाभावको व्यात्ति भएको दावी गर्दै सुगमनगर समाजको क्षेत्र मित्र आफुले आस्वासन दिएको बहुउपयोगी जेष्ट नागरिक भवन निर्माण गरि छोड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

 

नगर उपप्रमुख सान्नानी लामाले बिकास प्रथामिकताको आधारमा योजनाबद्ध हुनु पर्ने धारणा व्यात्त गर्नु भयो भने नगर प्रवता नारायण बहादुर सुवेदीले आम नागरिकको बिकास प्रतिको चासोमा आफु सदैव जोडिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। 

 

स्थानिय टोल सुधार समिती, संघ सस्था संग सहकार्य गर्दै आफ्नो सस्था टाइमलाइन स्कूल निरन्तर अगाडि बडिरहेको स्थानिय समाज संग सहकार्य निरन्तर गरिरहने धारण टाइमलाइन स्कूलका अध्यक्ष नवराज रिजालले राख्नु भयो भने बौद्ध सञ्चार प्रालिका अध्यक्ष कपिल उप्रेतीले चाकडीको संस्कृतिले भन्दा आलोचनात्मक चेतले समाज कसिलो हुने धारण राख्नु हुदै जेष्ट नागरिको लागी अनुकुल वातावरण सृजना गर्न स्थानिय सरकार तथा सरोकार बाला सबैमा अनुरोध गर्नु भयो। 

 

संधिय समानुपातिक सांसद माननिय शान्ति श्रेष्ठ समेतको उपस्थिति रहेको बार्षिक साधारण सभाको संचालन घनश्याम प्रसाई स्वागत भाषण पुराना वामपन्थि नेता तथा गगननगर बिकास समाजका उपाध्यक्ष ज्ञान प्रसाद पौड्यालले गर्नु भएको थियो भने सम्झना पौड्याल सुमित्र मैनालीले अतिथिलाई स्वागत गर्नु भयो।

 

समाजसेवी पुऱ्य प्रसाद रिजाल ,बड़ा सदस्य लक्ष्मी पुडासैनी ,महिला नेत्री यशोदा ढुङ्गेल ,युवा पत्रकार शुदर्सन बजगाई लगायतका अतिथिहरुको उपस्थितीले कार्यक्रमको सौन्दर्य बडाएको देखिन्थ्यो मुनामदन खण्डकाव्यको मिठो कविताका साथ अनिता रिजालले कार्यक्रम समापन गर्नु भयो।

 

Leave a Comment:
Contact Icon
सम्पर्क

बौद्ध संचार प्रा. लि, गोकर्णेश्वर न. पा वडा नं ५, काठमाडौं

अध्यक्ष : कपिल मुनि उप्रेती

प्रधान सम्पादक : कपिल मुनि उप्रेती

+९७७-९८५१००१७२६ 

०१-४९१०९१५

kupreti123@gmail.com

kuprety123@yahoo.com

boudhasanchar@gmail.com