विपन्न परिवारलाई महिनामा पाँच किलो नुन

समसामयिक राष्ट्रिय

Posted by Kapil_Upreti on 2024-04-12 04:05:19 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 136


विपन्न परिवारलाई महिनामा पाँच किलो नुन

काँक्रेविहार (सुर्खेत), ३० चैत : मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निशुल्क रुपमा दिने भएको छ । गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येकमहिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो । नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ । नागरिकताको आधारमा पाँच पोका नुन लिन विपन्न समुदायहरु गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैंका लागि समाधान हुने छ । नगरपालिकाभित्र बाँझो जमिनलाई खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ । अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगरप्रमुख भामले बताउनुभयो । सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासीका काम भइरहेको उहाँले बताउनुभयो । “हामीले आफैलाइ गरिब सोचेर समस्या भयो”, नगरप्रमुख भामले भन्नुभयो, “कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाटबजारको व्यवस्था गरेका छौँ । बधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ ।” कृषकलाई बीउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

बौद्ध संचार प्रा. लि, गोकर्णेश्वर न. पा वडा नं ५, काठमाडौं

अध्यक्ष : कपिल मुनि उप्रेती

प्रधान सम्पादक : कपिल मुनि उप्रेती

+९७७-९८५१००१७२६ 

०१-४९१०९१५

kupreti123@gmail.com

kuprety123@yahoo.com

boudhasanchar@gmail.com