तीज सांस्कृति र नेपाली नारी -यशोदा दाहाल

समसामयिक राष्ट्रिय

Posted by admin on 2023-09-08 05:12:42 | Last Updated by admin on 2024-05-14 16:56:16

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 869


तीज सांस्कृति र नेपाली नारी          -यशोदा दाहाल


              हाम्रो देश  नेपाल एक बहुल जातीय,  बहुल संस्कार तथा संस्कृती युक्त देश हो।यहाँ आ- आफ्ना रिती रिवाज तथा परम्परा अनुरुपका चाडपर्बहरु मनाउने गरिन्छ।यसरी मनाइने चाडपर्वहरुले हामीलाई हाम्रा संस्कार, संस्कृति र प्रथाहरु प्रति अनुशासित त बनाउछ्न नै यसका अलावा हाम्रो जीवन शैलीलाई उल्लासपूर्ण र उमङ्गमय पनि बनाइदिन्छन। हामीले मनाउने सबै किसिमका  चाडपर्बहरुले आ आफ्नै किसिमका अलग अलग  संस्कृतिक तथा  सामाजिक महत्त्व राख्नुका साथै छुट्टाछुट्टै मौलिक विशेषता पनि बोकेका हुन्छन् । यहाँ मनाइने विभिन्न चाडपर्बहरु मध्ये बिशेषत: हिन्दू धर्मावलम्बी नेपाली महिलाहरुले मनाउने सबभन्दा मुख्य र महत्वपूर्ण पर्व तीज हो।यो पर्व प्रत्येक बर्ष भाद्र कृष्ण पक्षको द्वितिया तिथि देखि पन्चमी सम्म गरि ४ दिनसम्म मनाइन्छ।
यसरी ४ दिन मनाइने यस पर्बमा चारै दिनका आ आफ्नै छुट्टाछुट्टै बिशेषता र महत्त्व रहेको पाइन्छ ।
तीज पर्वको शुरुआत भाद्र कृष्ण पक्षको द्वितिया तिथिका दिन दर ( दूधबाट बनेका बिशेष परिकार) खाने र खुवाउने क्रमबाट सुरु हुने गर्दछ। परापूर्ब कालमा बिबाह भएर आफ्ना पतिका घर गएका छोरी चेलीहरु बर्ष दिनभरी आफूले चाहेको बखतमा आफ्नो जन्मघर जान पनि नपाउने,आफ्ना मनका खुशी,चाहना अनि रहरहरुलाई मनैभित्र लुकाएर, दबाएर राख्दै घर परिवार,छोराछोरी, श्रीमान, सासू- ससुरा, देवर- जेठाजु प्रतिको कर्तब्य र जिम्मेवारीलाई बहन गर्दा गर्दै खुलेर हास्न, रमाइलो गर्न मात्र होइन कि साचो अर्थमा भन्ने हो भने आफ्नो लागि जीवन जिउन नै नपाउने भएकाले बर्षमा एक पटक मात्र भए पनि माइत गएर आफ्ना आमाबुबा , दिदीबहिनी , साथी संगीहरुसङ्ग भेला भइ बर्ष भरिका आफ्ना मनका पिडाका पोकाहरु फुकाउने,मनका भावनाहरु साटासाट गर्ने,स्वतन्त्र र उन्मुक्त भइ हास्ने, नाच्ने, रमाइलो गर्ने अनि मीठा मीठा परिकार( दर)पकाएर खादै यो पर्व अत्यन्तै हर्ष र उल्लासका मनाउने चलनबाट सुरुवात भएको भएता पनि परिवर्तित समयक्रम र बदलिदो आधुनिक ब्यस्त जीवन शैलीका कारण यसलाई मनाउने तरिकामा निकै नै फेरबदल ल्याइएको देख्न सकिन्छ। सामाजिक बिकास सङ्गै महिलाहरु केवल घरका चार दिवार भित्र मात्र सिमित नभई बाहिरी दुनियाँ सङ्ग पनि प्रत्यक्ष रूपमा संलग्न हुन थालेका,जागिर, ब्यापार ब्यबशायमा पनि पुरुष सङ्ग सङ्गै हातेमालो गर्न सामर्थ्यवान भएका कारण टाढा भएका आफ्ना माइत गई परम्परागत रुपमा तीज मनाउनको निमित्त समय अभावको कारणले कठिनाइ हुन थालेकोले तीजको मुख्य दिन भन्दा केही दिन अगाडि देखि नै आ आफ्नो सहजता तथा अनुकूलता हेरि आफ्नै नजिक, वरपरका आफन्तकोमा भेला हुने, साथी सङ्गी भेला भइ नाच्दै , गाउदै र रमाउदै खानेकुरा खाएर तीज मनाउने चलनको सुरुवात भएको छ।


सोही क्रममा काठमाडौ जिल्ला , गोकर्णेश्वोर नगरपालिका वडा नम्बर ५ स्थित सुगम नगर महिला समूह र राम जानकी महिला समूहले पनि संयुक्त रुपमा एक भब्य समारोहका बिचमा तीज बिशेष कार्यक्रम आयोजना गरेको छ कार्यक्रममा ७० जना भन्दा बढी महिला दिदी बहिनी साथै ज्येष्ठ नागरिक आमाहरुको सहभागिता रहेको थियो।सहभागी महिलाहरुले एकल तथा सामूहिक नृत्य मार्फत आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रम गो. न. पा. ५, सुगमनगर स्थित सिलिकोन पार्टी प्यालेसमा आयोजना गरिएको थियो। 




Leave a Comment:
Contact Icon
सम्पर्क

बौद्ध संचार प्रा. लि, गोकर्णेश्वर न. पा वडा नं ५, काठमाडौं

अध्यक्ष : कपिल मुनि उप्रेती

प्रधान सम्पादक : कपिल मुनि उप्रेती

+९७७-९८५१००१७२६ 

०१-४९१०९१५

kupreti123@gmail.com

kuprety123@yahoo.com

boudhasanchar@gmail.com