तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम

मनोरञ्जन चलचित्र

Posted by admin on 2023-09-02 03:01:11 | Last Updated by admin on 2024-05-14 15:10:35

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 1758


तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम

 भदौ १६, काठमाडौँ । प्याब्सन गोकर्णेश्वर नगर कार्य समितिद्वारा आयोजित तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुलले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ । 

गोकर्णेश्वर नगरपालिकाभित्रका प्याब्सन आवद्ध ३१ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा अरुणज्योति स्कुलले द्वितीय स्थान र विद्याव्यायम स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्राहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण पत्र र उत्कृष्ट दस हुन सफल छात्राहरुलाई ट्रफी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । 

छिमेकी पार्टी प्यालेस, जोरपाटीमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व प्याब्सन गोकर्णेश्वरका अध्यक्ष श्री डिएन शिवाकोटीले गरेकाका थिए भने प्रमुख अतिथि सङ्घीय सांसद माननीय सन्तोष चालिसे, विशिष्ट अतिथि नगर प्रमुख श्री दीपक रिसाल, उपप्रमुख सान्नानी लामालगायतको उपस्थिति रहेको थियो ।


 काठमाडौँ जिल्लाको पूर्वोत्तर क्षेत्रमा शैक्षिक, भौतिक तथा अतिरिक्त कृयाकलापमा आफूलाई अब्बल सावित गर्दै अघि बढिरहेको टाइमलाइन स्कुलले यसअघि पनि विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै आफ्ना विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरुलाई उजागर गर्ने कार्य गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक श्री रामप्रसाद बडालले बताउनु भयो । उहाँले यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल छात्राहरुलाई बधाइ दिँदै नृत्य प्रशिक्षक श्री केशव कोइरालालाई धन्यवाद व्यक्त गर्नुभयो ।


Leave a Comment:
Contact Icon
सम्पर्क

बौद्ध संचार प्रा. लि, गोकर्णेश्वर न. पा वडा नं ५, काठमाडौं

अध्यक्ष : कपिल मुनि उप्रेती

प्रधान सम्पादक : कपिल मुनि उप्रेती

+९७७-९८५१००१७२६ 

०१-४९१०९१५

kupreti123@gmail.com

kuprety123@yahoo.com

boudhasanchar@gmail.com